बारा। पचरौता नगरपालिका–९ स्थित सडकबाट भारतबाट भन्सार छली ल्याउँदै गरेको करिब १ लाख ७ हजार ७२५ रूपैयाँ बराबरको रेडिमेड कपडा र २ वटा मोटरसाइकल सोमबार प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उक्त कपडा फेला पारी बरामद गरेको हो। कपडा ओसारपसार गर्न प्रयोग गरिएको बिआर ०५ एक्स ६०६३ र बीआर ०५ भी ३१३७ नम्बरको २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।
" /> बारा। पचरौता नगरपालिका–९ स्थित सडकबाट भारतबाट भन्सार छली ल्याउँदै गरेको करिब १ लाख ७ हजार ७२५ रूपैयाँ बराबरको रेडिमेड कपडा र २ वटा मोटरसाइकल सोमबार प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उक्त कपडा फेला पारी बरामद गरेको हो। कपडा ओसारपसार गर्न प्रयोग गरिएको बिआर ०५ एक्स ६०६३ र बीआर ०५ भी ३१३७ नम्बरको २ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको उक्त कार्यालयले जनाएको छ।
">