काठमाडौँ। पाल्पाको माथागढी गाउँपालिका-५ सुर्काबासमा प्रहरी तैनाथ थिए। केही अपरिचित व्यक्तिहरू शङ्कास्पद रूपमा हिँडिरहेको उनीहरूले देखे।
ती व्यक्तिहरूले पनि प्रहरीलाई देखे र आत्तिँदै आफूसँग भएको हतियार झाडीमा फालेर भागे।
घटना हो, सोमबार रातिको। प्रहरीले उक्त झाडीबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी माथाबाट खटिएका प्रहरीले उक्त व्यक्तिहरूलाई पछ्याउँदा समात्न नसकेको जनाएको छ। यस घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौँ। पाल्पाको माथागढी गाउँपालिका-५ सुर्काबासमा प्रहरी तैनाथ थिए। केही अपरिचित व्यक्तिहरू शङ्कास्पद रूपमा हिँडिरहेको उनीहरूले देखे।ती व्यक्तिहरूले पनि प्रहरीलाई देखे र आत्तिँदै आफूसँग भएको हतियार झाडीमा फालेर भागे।

">