काठमाडौँ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ बस्ने राजु पौडेलको ८ वर्षीय छोरा डेविट पौडेल र सोही ठाउँ बस्ने लक्ष्मी खनालको १२ वर्षीय छोरा शिसिर खनाल माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।
सोही ठाउँस्थित दानव खोलामा माछा मार्न भनी गएकोमा साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा डेबिटलाई अचेत अवस्थामा खोलामा फेला पारी उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
साथै शिसिर फेला नपरेपश्चात् ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।
प्रहरीले यस सम्बन्धमा आवश्यक कारवाही गरिरहेको जनाएको छ।
" /> काठमाडौँ। रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ बस्ने राजु पौडेलको ८ वर्षीय छोरा डेविट पौडेल र सोही ठाउँ बस्ने लक्ष्मी खनालको १२ वर्षीय छोरा शिसिर खनाल माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।सोही ठाउँस्थित दानव खोलामा माछा मार्न भनी गएकोमा साँझसम्म घर नआएपछि खोजी गर्ने क्रममा डेबिटलाई अचेत अवस्थामा खोलामा फेला पारी उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
साथै शिसिर फेला नपरेपश्चात् ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।
प्रहरीले यस सम्बन्धमा आवश्यक कारवाही गरिरहेको जनाएको छ।
">