रुकुम (पश्चिम) मा प्रहरीको २० बुँदे सुरक्षा योजना <p>रुकुम (पश्चिम) । नजिकिदै गरेको दशैं, तिहार र छठपर्वमा संभावित अपराध नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले २० बुँदे सुरक्षासम्बन्धी कार्ययोजना तयार पारेको छ ।&nbsp;</p> <p>प्रहरी नायब उपरीक्षक सुमित खड्काले ३ असोजमा कार्ययोजना सार्वजनिक गर्दै नागरिकको जीउधनको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षासहितको योजना बनाइएको बताए।</p> <p>कार्ययोजना अनुसार सबै प्रहरी एकाइबाट नियमित गस्ती, निगरानी र जिल्लामा आवतजावत हुने नाकामा प्रहरी टोली तैनाथ गरिने भएको छ । त्यस्तै सम्भावित भीडभाड हुने स्थानमा सादा पोशाकमा प्रहरी खटिने छन्। &nbsp;यसका लगि ३४५ प्रहरी परिचालन गरिने छ ।</p> <p>बैंक तथा वित्तीय संस्थामा कार्यरत सुरक्षा गार्डसँग समन्वय गरि सार्वजनिक यातायातका साधनमा हुने ठगी, चोरी&nbsp;लुटपाट नियन्त्रणको साथै सुरक्षा व्यवस्थापनमा प्रहरी परिचालन गरिने डीएसपी खड्काले जानकारी दिएका छन् । <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्