काठमाडौँ। मकवानपुरको भिमफेदी गाउँपालिका–२ स्थित सडकमा ८७० पिस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने प्युठान मल्लरानी गाउँपालिका–३ घर भएका १८ वर्षीय किशोर र काठमाडौँ महानगरपालिका–३ नरदेवी बस्ने १७ वर्षीय किशोर रहेका छन्।
प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरीले हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९६ प ३२८५ नम्बरको मोटरसाइकललाई शङ्का लागी जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारी मोटरसाइकलमा सवार दुवैलाई सोमबार बिहान पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।
" /> काठमाडौँ। मकवानपुरको भिमफेदी गाउँपालिका–२ स्थित सडकमा ८७० पिस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने प्युठान मल्लरानी गाउँपालिका–३ घर भएका १८ वर्षीय किशोर र काठमाडौँ महानगरपालिका–३ नरदेवी बस्ने १७ वर्षीय किशोर रहेका छन्।

">