काभ्रेपलाञ्चोक। सस्तो मूल्यमा अमेरिकी डलर साटिदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ बस्ने ३८ वर्षीय श्रीखण्ड तामाङ, काठमाडौं बूढानीलकण्ठ नगरपालिका-२ डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका हर्क तामाङ, सोही नगरपालिका-५ बस्ने ४७ वर्षीय चैते भन्ने बुद्धिबहादुर तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय गोबिन्द तामाङ रहेका छन्।
उनीहरूमध्ये श्रीखण्डलाई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-८ बाट, हर्कलाई उनकै डेराबाट, बुद्धि बहादुरलाई सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-१० साँगा चोकबाट र गोबिन्दलाई चौतारा साँगाचोक गढी नगरपालिका–५ स्थित भिरकुनाबाट पक्राउ गरेको हो।
उनीहरूले नुवाकोट दुप्चेश्वर गाउँपालिका-२ को कुटुमसाङ बस्ने पुरुषलाई २०७७ असार २० गते फोन सम्पर्क गरी अमेरिकी डलर १७ हजार सस्तो मूल्यमा दिने भन्दै प्रलोभनमा पारी अमेरिकी डलर भनिएको पोको दिई उक्त रकम लिई फरार भएका थिए।
उनीहरू माथि ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
" /> काभ्रेपलाञ्चोक। सस्तो मूल्यमा अमेरिकी डलर साटिदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ बस्ने ३८ वर्षीय श्रीखण्ड तामाङ, काठमाडौं बूढानीलकण्ठ नगरपालिका-२ डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका हर्क तामाङ, सोही नगरपालिका-५ बस्ने ४७ वर्षीय चैते भन्ने बुद्धिबहादुर तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय गोबिन्द तामाङ रहेका छन्।

">