काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरको ललितपुर उपमहानगरपालिका-१९, इखालखु बस्ने ३४ वर्षीय अमर महर्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०७६ माघ १३ गते उनलाई बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ३२ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो।
त्यसपछि फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक लिमिटेड कुमारीपाटी शाखाको चेक काटी दिएका थिए।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ।
" /> काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरको ललितपुर उपमहानगरपालिका-१९, इखालखु बस्ने ३४ वर्षीय अमर महर्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।उच्च अदालत पाटनको २०७६ माघ १३ गते उनलाई बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र ३२ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो।

">