काठमाडौं। यस पटकको साहित्यतर्फको नोबेल पुरस्कार जमैका किनकेड वा एनी कार्सनले पाउन सक्ने अनुमान गरिएको छ। विगत तीन वर्षदेखि अधिक विवादमा पर्दै आएको यो विश्व प्रसिद्ध पुरस्कारलाई सुरक्षित अवतरणका लागि पनि यी दुईमध्ये एकलाई गोप्य राखिएको जुरीले पुरस्कृत गर्न सक्ने देखिन्छ।
नोबेल, आफैं एक विश्वप्रसिद्ध साहित्यिक पुरस्कार मानिन्छ। बिहीबार मध्याह्न यो पुरस्कार प्रदान गरिने छ। गुवाडेलोपियन उपन्यासकार मेरिसे कोन्डे (२०१८ का वैकल्पिक नोबेल विजेता), रुसी उपन्यासकार ल्युडमिला उलित्स्काया, जापानी बेस्टसेलर हारुकी मुराकामी, क्यानाडेली लेखक मार्गरेट एटवुड, केन्याली उपन्यासकार, कवि तथा नाटककार न्गुगी वा थ्योंगोको नाम पनि अगाडि छ।
नोबेललाई नजिकबाट नियालिरहेका कतिपयको भनाइमा भने किनकेड वा कवि कार्सनले यस पटक पुरस्कार हात पार्ने छन्।
यो पुरस्कार २०१७ देखि विवादमा पर्दै आएको छ। स्वेडिस एकेडेमी जसले विजेता चयन गर्छ, त्यसका पदाधिकारीका आफन्तमाथि यौन शोषण र भ्रष्टाचारको आरोप लागेको थियो।
एकेडेमी सदस्य क्याटरिना फ्रस्टेन्सनका पति ज्याँ क्लाउडी आर्नल्टमाथि २०१८ मा बलात्कारको आरोप लागेको थियो। गत जनवरीमा फ्रस्टेन्सनले एकेडेमी छाडिन्, उनीमाथि पुरस्कृतको नाम पहिला नै चुहाएको आरोप थियो।
विवाद उठेपछि २०१८ को नोबेल स्थगित गरिएको थियो। २०१९ मा पुरस्कृत भएका पिटर ह्याङ्केको पनि खुबै विरोध भयो। युगोस्लाभियाका युद्ध अपराधी स्लोभोदान मिलोत्सोभिचको अन्तिम संस्कारमा ती लेखकले भाग लिएको आरोप लाग्यो। एकेडेमीको छनौटमाथि औंला ठड्याइयो।
स्विडिस पत्रिका डागेन्स निहेटरका संस्कृति सम्पादक ब्योर्न विमन भन्छन्, ‘‘गत वर्ष पुरस्कारको ब्रान्डलाई कसरी चम्काउनु पर्छ भन्नेबारे गलत बुझाइ भयो। ह्याङ्केलाई पुरस्कृत गर्नुले धेरै कुरा स्पष्ट पारेको छ। मलाई के यकिन छ भने, उनीहरु पुरस्कृत प्रतिभाबारे भरपूर जानकारी राख्छन् र विवादबारे पनि तिनलाई थाहा छ। यही कारण स्विडिस एकेडेमीको संकट थप गहिरिँदै गयो।’’
यो वर्षको पुरस्कार यसकारण पनि महत्वपूर्ण छ कि एकेडेमीले सुरक्षित विकल्प खोजिरहेको छ। विमनका अनुसार यस पटक एक महिलालाई पुरस्कार दिने सम्भावना ज्यादा छ।
उनी भन्छन्, ‘‘ह्याङ्केभन्दा फरकखालको प्रतिभालाई पुरस्कृत गर्नु उपयुक्त हुन्छ, जो राजनीतिक र वैचारिक रुपमा पनि समझदार छ।’’ किनकेड वा कार्सनलाई उनी सम्भावित पात्र मान्छन्। उनले किनकेडका उपन्यास तथा आत्मकथा ‘माई मदर एन्ड मिस्टर पोटर’ खुबै मन पराएका छन्।
अल्फ्रेड नोबेलको चाहना ‘एक आदर्श र सबैभन्दा उत्कृष्ट साहित्य लेखन गर्ने व्यक्तिलाई यो पुरस्कार दिने’ रहेको छ। अहिलेसम्म यो पुरस्कार ११६ जनाले पाइसकेका छन्। तीमध्ये १५ महिलाले पाएका छन्। पछिल्लो पटक २०१८ को पुरस्कार पोल्यान्डकी लेखक ओल्गा टुकार्चुकले पाइन्। यो वर्ष पुरस्कारको राशी ८६६७०० पाउन्ड रहेको छ।
(दि गार्जियन)
" /> काठमाडौं। यस पटकको साहित्यतर्फको नोबेल पुरस्कार जमैका किनकेड वा एनी कार्सनले पाउन सक्ने अनुमान गरिएको छ। विगत तीन वर्षदेखि अधिक विवादमा पर्दै आएको यो विश्व प्रसिद्ध पुरस्कारलाई सुरक्षित अवतरणका लागि पनि यी दुईमध्ये एकलाई गोप्य राखिएको जुरीले पुरस्कृत गर्न सक्ने देखिन्छ।नोबेल, आफैं एक विश्वप्रसिद्ध साहित्यिक पुरस्कार मानिन्छ। बिहीबार मध्याह्न यो पुरस्कार प्रदान गरिने छ। गुवाडेलोपियन उपन्यासकार मेरिसे कोन्डे (२०१८ का वैकल्पिक नोबेल विजेता), रुसी उपन्यासकार ल्युडमिला उलित्स्काया, जापानी बेस्टसेलर हारुकी मुराकामी, क्यानाडेली लेखक मार्गरेट एटवुड, केन्याली उपन्यासकार, कवि तथा नाटककार न्गुगी वा थ्योंगोको नाम पनि अगाडि छ।

">