लहान। जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
बैठकले सामाजिक दूरी कायम गरी सञ्चालन भएका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।
विद्यार्थीहरूको विद्यालयमा उपस्थिति नगराई वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।
कोरोना सङ्क्रमणको जोखिम कायम जारी रहेका बेला विद्यालयहरूमा विद्यार्थीहरूको भौतिक उपस्थिति गराई पठनपाठन गर्दा जोखिम बढ्ने उनले बताए।
यहाँका मिर्चैया तथा गोलबजार नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए।
निर्णय अनुसार ती स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी उपस्थित गराई पठन-पाठन गराउन थालेपछि यस्तो निर्णय लिनुपरेको कणेलकाे भनाइ छ।
बैठकले सरकारले तोकेको मापदण्डअनुसार सार्वजनिक यातायातका साधनहरु सञ्चालन भए/नभएको अनुगमन गर्न र परिपालना नगर्नेलाई कारबाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ। रासस
" /> लहान। जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।बैठकले सामाजिक दूरी कायम गरी सञ्चालन भएका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

">