धनगढीमा बढ्दै छ आईपीएलको सट्टाबाजी, एकजना पक्राउ
कैलाली। सुदूरपश्चिमको स्थायी राजधानी धनगढीमा पनि क्रिकेटको सट्टाबाजी बढ्दै गएको छ।

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टाबाजी बढेको भन्दै प्रहरीले सक्रियतासमेत बढाएको छ।

यसै क्रममा धनगढीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले धनगढी उपमहानगरपालिका-३ का ३७ वर्षीय संजीव गुप्ता पक्राउ परेको बताए।

धनगढी चटकपुरमा प्रिति ट्रेडिङ्ग एण्ड सप्लायर्स सञ्चालन गर्दै आएका गुप्तालाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको उनले बताए।

गुप्ताले आईपीएलमा कुनै खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका-छक्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा समेत अनलाइनमार्फत् रकम दाउमा लगाई विभिन्न व्यक्तिहरूलाई सट्टाबाजी खेल खेलाउने गरेको तथ्य फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले गुप्ताको साथबाट अनलाइनमार्फत् सट्टाबाजी गर्न गराउन प्रयोग गरेका दुई थान मोबाइलसमेत बरामद गरेको छ।

कैलाली जिल्ला अदालतबाट जुवा (सट्टाबाजी) मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्