सुनसरी। जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी मोरङ ग्रामथान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय विकासकुमार खाँलाई प्रहरीले पक्राउ गरेको छ।
२०७६ फागुन २२ गते ईटहरी उममहानगरपालिका–२ तालतलैया पार्कको जंगलमा २२ वर्षीया महिलालाई विवाह गर्छु भनी ललाई–फकाई जबरजस्ती करणी गरी ती महिलालाई मारेको आरोप उनीमाथि लागेको थियो। उनले विष खुवाई ती महिलालाई मारेको प्रहरीले जनाएको छ।
ज्यान मार्ने उद्योग गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय ईटहरीको सक्रियता र जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनकै गाउँघरबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
" /> सुनसरी। जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी मोरङ ग्रामथान गाउँपालिका–१ लखनतरी बस्ने ३० वर्षीय विकासकुमार खाँलाई प्रहरीले पक्राउ गरेको छ।२०७६ फागुन २२ गते ईटहरी उममहानगरपालिका–२ तालतलैया पार्कको जंगलमा २२ वर्षीया महिलालाई विवाह गर्छु भनी ललाई–फकाई जबरजस्ती करणी गरी ती महिलालाई मारेको आरोप उनीमाथि लागेको थियो। उनले विष खुवाई ती महिलालाई मारेको प्रहरीले जनाएको छ।

">