पोखरा। कास्कीको पोखरा महानगरपालिका–१६ तुम्केस्थित बाटोबाट नियन्त्रित लागूऔषध ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन, ७ एम्पुल बुप्रिनर्फिन तथा करिब १ किलो २२३ ग्राम अवैध लागूऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१६ जोगमणी ठेगाना भएका २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, सोही महानगरपालिका–१६ बाटुलेचौर ठेगाना भएका २४ वर्षीय मोहित खवास, सोही महानगरपालिका–१९ ठेगाना भएका १८ वर्षीय किशोर र सोही महानगरपालिका–१६ जोगमणी बस्ने धादिङ सुनौलाबजार–६ घर भएका ३० वर्षीय कुमार ठकुरी रहेका छन्।
उक्त स्थानमा लागूऔषध किनबेच हुँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी शनिबार साँझ पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
" /> पोखरा। कास्कीको पोखरा महानगरपालिका–१६ तुम्केस्थित बाटोबाट नियन्त्रित लागूऔषध ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन, ७ एम्पुल बुप्रिनर्फिन तथा करिब १ किलो २२३ ग्राम अवैध लागूऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१६ जोगमणी ठेगाना भएका २१ वर्षीय समिर गुरुङ, २१ वर्षीय अथित गुरुङ, सोही महानगरपालिका–१६ बाटुलेचौर ठेगाना भएका २४ वर्षीय मोहित खवास, सोही महानगरपालिका–१९ ठेगाना भएका १८ वर्षीय किशोर र सोही महानगरपालिका–१६ जोगमणी बस्ने धादिङ सुनौलाबजार–६ घर भएका ३० वर्षीय कुमार ठकुरी रहेका छन्।

">