काठमाडौँ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ लब्दहवाबाट ४०० ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सोमबार प्रहरीले जनाएअनुसार पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ बस्ने २८ वर्षीय तीर्थराज सुक्ला र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नम्बरप्लेट नभएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको उक्त ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।
दुई जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कारवाही अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौँ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ लब्दहवाबाट ४०० ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।सोमबार प्रहरीले जनाएअनुसार पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ बस्ने २८ वर्षीय तीर्थराज सुक्ला र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नम्बरप्लेट नभएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको उक्त ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।
दुई जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कारवाही अघि बढाएको विज्ञप्तिमा उल्लेख छ।
">