काठमाडौं। रूपन्देहीको सैनामैना नगरपालिका–११, सालझण्डीकी सीता भुसालको नाम फेसबुकमा डा. जेम्स सोनार र जेम्स एन्डी छ। यी दुबै नाम उनले ठगी गर्न बनाएको खुलेको छ। अनि, अंग्रेजी भाषामा नाम राख्नुको कारण चाहिँ लन्डनको नागरिक भएको विश्वास दिलाउन रहेछ।
यो सबै रहस्य प्रहरी फन्दामा परेपछि खुलेको हो। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले आज (सोमबार) पक्राउ गरेको छ।
महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले सीतासहितले थुप्रै मानिसबाट लाखौं रूपैयाँ ठगेको देखिन आएको बताए। “अहिले दुई जना ठगिएको भन्दै सम्पर्कमा आएका छन्, पीडितहरू २५/३० जना देखिन्छन् र उनीहरूलाई प्रहरी सम्पर्कमा आउन भनिरहेका छौं,” एसपी कार्कीले देखापढीसँग भने, “यहाँ ठूलो सङ्ख्या छ, संगठित रूपको ठगी धन्दा हो र अनुसन्धान थालिएकोले खुल्दै जाला।”
एसपी कार्कीका अनुसार सीतासँगै ठगी धन्दामा अधिकांश महिलाहरू रहेको पनि खुुलेको छ। कम मात्रामा पुरुष जोडिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। र, सीताको ‘कनेन्सन’ विदेशी ठगसम्मै हुन सक्ने अनुमान छ।
“सानो टिमले गरेको ठगी धन्दा होइन, ठूलो टिमको कनेन्सन छ र ठगी रकमको ट्रान्जेक्सन हेर्दा पनि लाखौं रूपैयाँ देखिन्छ”, एसपी कार्कीले भने, “यो ठूलो ठगी अपराध हो।”
ठगी गर्न सीताको टिमका सदस्यहरूले पहिले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउने गरेको र त्यसपछि साथी बनेको अवस्थामा आफू लन्डनको नागरिक हो भनेर परिचय दिने गरेको खुलेको छ।
बोल्दै जाँदा “विवाह गर्छु” भन्दै विश्वास दिलाउने र जन्मदिनको अवसरमा ‘सरप्राइज गिफ्ट” को रूपमा सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको भनि फोटोसमेत पठाउने गरेको एसपी कार्की बताउँछन्। “फोटो पठाएपछि भने उनीहरूले गिफ्टको भन्दा ठीक आधा रकम भए पनि पठाउनु भन्ने र पठाएपछि सामान पनि नपठाउने र सम्पर्कविहीन हुने गरेको रहेछ,” एसपी कार्कीले बताए।
" /> काठमाडौं। रूपन्देहीको सैनामैना नगरपालिका–११, सालझण्डीकी सीता भुसालको नाम फेसबुकमा डा. जेम्स सोनार र जेम्स एन्डी छ। यी दुबै नाम उनले ठगी गर्न बनाएको खुलेको छ। अनि, अंग्रेजी भाषामा नाम राख्नुको कारण चाहिँ लन्डनको नागरिक भएको विश्वास दिलाउन रहेछ।यो सबै रहस्य प्रहरी फन्दामा परेपछि खुलेको हो। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले आज (सोमबार) पक्राउ गरेको छ।

">