बारा। जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकमा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ सामान ल्याउँदै गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–२१ बस्ने २२ वर्षीय छोटेलाल पटेल रहेका छन्। उनको साथबाट प्रहरीले भन्सार छली ल्याएको करिब ११ लाख ५५ हजार ६८७ रूपैयाँ बराबरको कपडा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले वीरगञ्जबाट जितपुरतर्फ आउँदै गरेको ना २ च ६६७९ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त कपडासहित फेला पारी गाडी चालक पटेललाई शनिबार पक्राउ गरेको हो। पटेललाई बरामद कपडा र गाडीसहित आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले आज जनाएको छ।
" /> बारा। जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकमा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ सामान ल्याउँदै गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–२१ बस्ने २२ वर्षीय छोटेलाल पटेल रहेका छन्। उनको साथबाट प्रहरीले भन्सार छली ल्याएको करिब ११ लाख ५५ हजार ६८७ रूपैयाँ बराबरको कपडा बरामद गरेको छ।

">