मकवानपुर। हेटौंडा उपमहानगरपालिका–३ लेवर्टबाट करिब १० किलो अवैध लागुऔषध गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने ४६ वर्षीय बिरु तामाङ, कैलाश गाउँपालिका घर भएका ४० वर्षीया सृजना तामाङ र सोही ठाउँ घर भएका २४ वर्षीय प्रकाश तामाङ रहेका छन्।
उक्त स्थानमा खटिएको प्रहरीले नेवारपानीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ ज ००१२ नम्बरको म्याजिक गाडीलाई जाँच गर्ने क्रममा झोलामा लुकाएर ल्याइँदै गरेको उक्त गाँजा बरामद गरिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
" /> मकवानपुर। हेटौंडा उपमहानगरपालिका–३ लेवर्टबाट करिब १० किलो अवैध लागुऔषध गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने ४६ वर्षीय बिरु तामाङ, कैलाश गाउँपालिका घर भएका ४० वर्षीया सृजना तामाङ र सोही ठाउँ घर भएका २४ वर्षीय प्रकाश तामाङ रहेका छन्।

">