काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमणबाट कसरी छिटो मुक्त हुनेभन्दा बढी चिन्ता चुनावमा कसरी जित्ने भन्ने रहेको देखिएको छ। रोगसँग जुधिरहेका उनले आइतबार साँझ अचानक अस्पतालबाट बाहिर निस्केर त्यहाँ रहेका आफ्ना प्रशंसकको अभिवादन स्वीकार गरे।
ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्प साँझ साढे ५ बजे केही समयका लागि वाल्टर रिड अस्पतालबाट बाहिर निस्किए, आफ्नो कारमा बसेर प्रशंसकको अभिवादन फर्काए। केहीबेरमा अस्पताल भित्र गए। उनले अस्पताल जानुअघि नै एक भिडियो जारी गर्दै आफ्ना समर्थकसँग भेट्नका लागि अचानक बाहिर आउने जानकारी दिएका थिए। उनले समर्थकमाझ भने, ‘‘मैले कोभिड–१९बारे धेरै थोक सिकेँ। यसलाई मैले स्कुलमा सिकेजसरी सिकेँ। यो वास्तविक स्कुल हो।’’
ट्रम्पले आफ्नो स्वास्थ्य सुधार भइरहेको देखाउनका लागि अस्पताल बाहिर आएको आशंका अमेरिकामा गरिएको छ। राष्ट्रपति निर्वाचन जित्नका लागि ट्रम्प अनेक दाउ गरिरहेका छन्, यो देखेर विपक्षीसमेत हैरान भएका छन्।
राष्ट्रपति ट्रम्प अस्पतालबाट बाहिर निस्केको विषयमा चिकित्सकहरुले आलोचना गरेका छन्। महामारीसँग जुधिरहेका ट्रम्पले आफूलाई अरु मानिसबाट अलग नराख्नुलाई उनीहरुले गलत कदम बताइरहेका छन्। जर्ज वासिङ्टन विश्व विद्यालयका डा. जेम्स फिलिपले भने, ‘‘राष्ट्रपति ट्रम्पको एसयूभी बुलेटप्रुफ मात्र छैन, केमिकल हमलाबाट जोगिन सिल पनि गरिएको छ। उक्त कारको भित्री भागमा कोरोना संक्रमण खतरा अधिक छ। राष्ट्रपतिको यो गैरजिम्मेवार हर्कत छक्क पार्नेखालको छ।’’
चिकित्सकहरुका अनुसार फोक्सोको खराबीसँग जुधिरहेका उनलाई बिहीबार र शुक्रबार दुई पटक अक्सिजन दिइएको थियो। यसका साथै, ट्रम्पलाई डेक्सामेथासोन पनि दिइएको थियो। यो औषधि अक्सिजन कमी भएर विसन्चो भएका विरामीको उपचारमा प्रभावकारी मानिन्छ।
वाल्टर रिड नेसन मिलिट्री अस्पतालका डा. सिन पीले ट्रम्पको स्वास्थ्यमा निरन्तर सुधार आएको बताएका छन्। शुक्रबार उनलाई ज्वरो नआएको जानकारी दिइएको छ। ट्रम्पलाई रेमडिसिभिर पाँच दिन खुवाइएपछि लिभर, किड्नीले सही तरिकाले काम गरेको छ। साथै, उनलाई जिंक, भिटामिन डी, फेमोटिडाइन, मेलाटोनिन र एस्पिरिनसमेत खुवाइएको अस्पतालले बताएको छ।
राष्ट्रपति ट्रम्पलाई कोरोनाको एक्सपरिमेन्टल औषधि ‘आरईजीएन–सीओभी२’(पोलिक्लोनल एन्टिबडी)समेत प्रयोग गरिएको छ। यो औषधि अमेरिकी कम्पनी रेजेनरानले बनाएको हो। अक्सफोर्ड युनिभर्सिटीका एक प्रोफेसरले यो औषधिलाई एकदमै सकारात्मक र शक्तिशालीसमेत बताएका छन्।
(एजेन्सी)