काठमाडौ्ं। अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको छ। हिजो भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो।
हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले सो घटनाको जानकारी गराएका छन्। तालिबानीहरूले गरेको बम आक्रमणमा परी जिल्ला प्रमुखको ज्यान गएको उनले बताए। रोशन उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहेकव समाचारमा जनाइएको छ।
अर्का कानुनी अधिकारी पनि गम्भीर घाइते भएका छन्। पछिल्ला केही दिनहरूमा उक्त क्षेत्रमा तालिबानीहरूले बम हमलाका घटनाहरू गराइरहेका छन्।
अफगान सरकार र तालिबानीहरुका बीचमा कतारको दोहामा हालै वार्ता शुरू भएको बताइएको थियो। तर, यता अफगानिस्तानमा तालिबानीहरूले भने हिंसात्मक हमलाहरू जारी नै राखेका छन् । रासस/एएनआई
" /> काठमाडौ्ं। अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको बम हमला गरेर हत्या गरिएको छ। हिजो भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो।हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले सो घटनाको जानकारी गराएका छन्। तालिबानीहरूले गरेको बम आक्रमणमा परी जिल्ला प्रमुखको ज्यान गएको उनले बताए। रोशन उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहेकव समाचारमा जनाइएको छ।

">