काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमका कारण सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ।
आज सर्वोच्चमा दुईवटा मात्र इजलास तोकिएको छ।
न्यायाधीश बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको संयुक्त इजलास र न्यायाधीश श्रेष्ठकै एकल इजलास तोकिएको हो।
दुईवटा इजलासमा सुनुवाइको लागि १३ वटा मुद्दाको पेसी तोकिएको छ।
न्यायाधीशसँगै केही अधिकृत र कर्मचारीहरूमा कोरोना संक्रमण भएको सर्वोच्च प्रशासनले जनाएको छ।
प्रारम्भिक सुनुवाइ गर्नुपर्ने रिट निवेदन, थुनुवा र सार्वजनिक सरोकारका मुद्दाहरूको सुनुवाइ भने भइरहेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिमका कारण सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ।आज सर्वोच्चमा दुईवटा मात्र इजलास तोकिएको छ।

">