काठमाडौं। प्रदेश ५ को राजधानीलाई लिएर रुपन्देहीमा भइरहेको प्रर्दशन हिंसात्मक बनेपछि राष्ट्रिय मानवअधिकार आयोगले विरोध कार्यक्रमहरुलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ।
“असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरूपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोतजस्ता कार्यहरू कुने पनि दृष्टिकोणबाट उचित हुँदैनन्,” आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “अतः विरोधका कार्यक्रमहरूलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्णरूपमा अगाडि बढाउन तथा आफ्ना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ।”
आयोगले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकहरूमाथि मर्यादित र संयमित व्यवहार गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको छ।
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने प्रस्तावको विरोधमा रुपन्देहीमा केही दिनयता प्रदर्शन भइरहेका छन्। बन्द, हड्ताल तथा प्रदर्शनका क्रममा आन्दोलनरत पक्षबाट सरकारी सवारी साधनहरूमाथि भएको आगजनी तथा तोडफोडप्रति ध्यानाकर्षण भएको समेत आयोगले जनाएको छ।
आयोगको प्रदेश कार्यालय बुटवलले घटनाका सम्बन्धमा अनुगमन गरिरहेको छ।
“अनुगमनका क्रममा तिलोत्तमा नगरपालिकामा कार्यरत एक राष्ट्रसेवक कर्मचारीको सवारीसाधन तथा निजका व्यक्तिगत सरसामानहरु समेत जलाइएको, प्रदेशका मुख्यमन्त्री चढेको गाडी तथा अन्य सरकारी सवारी साधनहरुमा समेत ढुंगामुढा, तोडफोड तथा आगजनी गरिएको पाइएको छ,” आयोगले भनेको छ।
बन्दको कारण रुपन्देही र आसपासका जिल्लाहरुमा बिरामी, वृद्ध, गर्भवती महिला, श्रमिकलागयत आमनागरिकहरूको आवागमन तथा दैनिक जीवनमा कठिनाई उत्पन्न भएको आयोगले जनाएको छ।
" /> काठमाडौं। प्रदेश ५ को राजधानीलाई लिएर रुपन्देहीमा भइरहेको प्रर्दशन हिंसात्मक बनेपछि राष्ट्रिय मानवअधिकार आयोगले विरोध कार्यक्रमहरुलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ।“असहमतिका कुनै पनि विषयमा शान्तिपूर्णरूपमा विरोध तथा प्रदर्शन गर्न पाउने हक प्रत्येक नागरिकलाई भए तापनि आगजनी, तोडफोतजस्ता कार्यहरू कुने पनि दृष्टिकोणबाट उचित हुँदैनन्,” आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “अतः विरोधका कार्यक्रमहरूलाई हिंसात्मक नबनाई संयमित र शान्तिपूर्णरूपमा अगाडि बढाउन तथा आफ्ना असहमतिका विषयहरुको वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ।”

">