काठमाडाैं। केही दिन अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारीसाधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैं उपस्थित भएर निवेदन दिन्थे।
मानिसहरूको बढी भीडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो। यसका साथै गत वर्षबाट महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो।
अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन्। महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ।
अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धीका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन्।
विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोनाको सङ्क्रमण फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ।
कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यबस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउँछन्।
महाशाखामा यही असोजमा हराएका कागजात र सवारीसाधनबारे अनलाइनमार्फत् निवेदन दिन सकिने गरी नयाँ सफ्वेयरको विकास गरिएको हो।
सेवा यसरी लिने
यसका लागि महाशाखाको वेबसाइटमा गएर अनलाइन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ। त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुईवटा विकल्प देख्नु हुनेछ।
आफ्नो समस्याको आधारमा एउटा विकल्प छनोट गरी त्यसमा क्लिक गरेर निवदेन दिन सकिनेछ।
नेपाली वा अङ्ग्रेजी दुबै भाषामा निवेदन दिन सकिने व्यवस्था छ।
अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्ने छ। त्यही विवरणको आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य सुरु गर्ने महाशाखाअन्तरगत कम्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिए।
उनका अनुसार अनलाइन प्रणालीको अनुगमन र रेखदेखमा कम्युटर एडमिन शाखाले काम गर्ने छ। त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेशण हुन्छ।
फेला परेपछि अनलाइनबाटै सूचना पुग्ने गरी सफ्टवेयरको विकास गरिएको छ, त्यही सूचनाको आधारमा सवारी वा कागजातधनीले आफ्नो सामग्री लैजान सक्ने छन् ।
यही असोज ५ गते हराएका सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिसको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र असोज १८ बाट भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग सुरु भएको छ।
महाशाखाका अनुसार झण्डै १५ दिनको अबधिमा अनलाइनबाट एक हजार ५१२ वटा निवेदन प्राप्त भइसकेको छ। रासस
" /> काठमाडाैं। केही दिन अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारीसाधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैं उपस्थित भएर निवेदन दिन्थे।मानिसहरूको बढी भीडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो। यसका साथै गत वर्षबाट महामारीको रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो।

">