कैलाली। कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धको मृत्यु भएको छ।
हुलाकी राजमार्गअन्तर्गत पुनरवास नगरपालिका-१ स्थित बलभद्र बस्तीमा स्थानीय मदन तामाङले चलाएको से. ६ प २९२८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ७० वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरवहादुर थापाका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका तामाङको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सोही मोटरसाइकलको ठक्करबाट अर्का पैदल यात्री ५५ वर्षीय बलवहादुर तामाङ घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।