कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ।
डडेल्धुराको पर्शुराम नगरपालिका-११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवारको जिम्मा लगाइएको हो। भटयानीका गम्भीरसिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर, १३ वर्षीय विमल र १२ वर्षीय नवीनलाई दुई दिनअघि वडाध्यक्ष बहादुरसिंह महराले आफ्नो संरक्षणमा राखी परिवारका सदस्यलाई जिम्मा लगाएका हुन्।
ती बालक लामो बाटो पैदल हिँडेर कसरी आइपुगे भन्ने नखुलेको वडाध्यक्ष महराले बताए। फेसबुकमा बालकहरुबारे जानकारी गराएपछि परिवारका सदस्य सम्पर्कमा आएका थिए। रासस
" /> कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ।डडेल्धुराको पर्शुराम नगरपालिका-११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवारको जिम्मा लगाइएको हो। भटयानीका गम्भीरसिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर, १३ वर्षीय विमल र १२ वर्षीय नवीनलाई दुई दिनअघि वडाध्यक्ष बहादुरसिंह महराले आफ्नो संरक्षणमा राखी परिवारका सदस्यलाई जिम्मा लगाएका हुन्।
ती बालक लामो बाटो पैदल हिँडेर कसरी आइपुगे भन्ने नखुलेको वडाध्यक्ष महराले बताए। फेसबुकमा बालकहरुबारे जानकारी गराएपछि परिवारका सदस्य सम्पर्कमा आएका थिए। रासस
">