काठमाडौं। पछिल्ला वर्षहरुमा मौलाएको बजार पुँजीवाद अब असफल भएको पोप फ्रान्सिसले बताएका छन्। संसारमा कोरोना महमारी फैलिएका बेला बजार पुँजीवादको ‘चमत्कारी सिद्धान्त’ पूर्णतः विफल भएको उनले बताएका हुन्।
अब संसारलाई एउटा नयाँ राजनीति जरुरी रहेको उनको भनाइ थियो। फ्रान्सिसले भने, ‘‘यस्तो राजनीति आवश्यक छ, जसले वार्ता तथा एकजुटतालाई बढावा दिन्छ र हरेक प्रकारका युद्धलाई खारेज गर्छ।’’
उनले कोरोनापश्चात् संसारका लागि आफ्नो दृष्टिपत्र प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यसमा उनले सामाजिक शिक्षाको मूल तत्वलाई बढी महत्व दिएका छन्। दृष्टिपत्रको शीर्षक उनले ‘सबै भाइ हुन्’ दिएका छन्।
उनले भाइ उल्लेख गरेपछि दृष्टिपत्रमा केही विवाद पनि निस्किएको थियो। यसमा लैंगिक असमानता देखिएको आरोप लागेको थियो। तर, भेटिकनले शब्दमा नअल्झन र दृष्टिपत्रमा महिलालाई ससम्मान समावेश गरिएको बताएको थियो।
फ्रान्सिसले वैध रक्षाको साधनका रुपमा युद्धलाई उचित ठहर्याउने क्याथोलिक चर्चको आफ्नो सिद्धान्तलाई खारेज समेत गरिदिएका छन्। ‘‘सदियौंदेखि युद्धलाई सही मान्दै व्यापक बनाइयो, तर अब यो व्यावहारिक छैन,’’ उनले भने।
उनले थपे, ‘‘कोरोना महामारीले संसारमा मुख्य रुपमा चलिरहेको राजनीतिक पद्धति र आर्थिक संस्थाहरुमा सुधार अत्यावश्यक रहेको देखाएको छ। महामारीबाट सबैभन्दा बढी प्रभावित मानिसका वैध जरुरतहरुलाई पूरा गर्न सक्ने सिद्धान्त अब आवश्यक छ।’’
को हुन् पोप फ्रान्सिस ?
फ्रान्सिस भ्याटिकन सिटीस्थित क्याथोलिक चर्चका २६६औं पोपका रूपमा २०१३ मार्चमा निर्वाचित व्यक्ति हुन्। निर्वाचित भएपछि अहिले उनी चर्चका प्रमुख तथा विश्वकै सबैभन्दा सानो मुलुक भ्याटिकन सिटीको शासक पनि भएका छन्।
(एजेन्सी
" /> काठमाडौं। पछिल्ला वर्षहरुमा मौलाएको बजार पुँजीवाद अब असफल भएको पोप फ्रान्सिसले बताएका छन्। संसारमा कोरोना महमारी फैलिएका बेला बजार पुँजीवादको ‘चमत्कारी सिद्धान्त’ पूर्णतः विफल भएको उनले बताएका हुन्।अब संसारलाई एउटा नयाँ राजनीति जरुरी रहेको उनको भनाइ थियो। फ्रान्सिसले भने, ‘‘यस्तो राजनीति आवश्यक छ, जसले वार्ता तथा एकजुटतालाई बढावा दिन्छ र हरेक प्रकारका युद्धलाई खारेज गर्छ।’’

">