कास्की। रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्समार्फत जनतालाई सेवा दिने भएको छ।
महात्मा गान्धीको १५१औँ जन्म जयन्तीका अवसरमा भारतीय दूतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएकाे हाे।
सात वडा रहेको रुपामा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान पोखराबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता थियो।
सांसद खगराज अधिकारीले सो एम्बुलेन्सको साँचो आइतबार गाउँपालिकालाई हस्तान्तरण गरे।
गाउँपालिका अध्यक्ष नवराज ओझाले कार्यविधि बनाएर गाउँपालिका आफैंले सहुलियत दरमा सञ्चालन गर्ने बताए।
कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका अवधिमा समेत गाउँपालिकाले भाडामा लिएर एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन गरेको थियो। रासस
" /> कास्की। रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्समार्फत जनतालाई सेवा दिने भएको छ।महात्मा गान्धीको १५१औँ जन्म जयन्तीका अवसरमा भारतीय दूतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएकाे हाे।

">