सुनसरी। इटहरी उपमहानगरपालिका-५ हलगडास्थित जनताबस्ती जाने बाटोमा भारतबाट अवैधरूपमा लुकाएर ल्याउँदै गरेको खुल्ला एक हजार २०० किलो सुर्तीसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-१ बस्ने ३६ वर्षीय ज्ञानु कार्की र सुनसरी भोक्राहा-९ बस्ने २२ वर्षीय पर्वत पोदार रहेका छन्।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले बा २ ख २७४१ नम्बरको ट्रक जाँच गर्ने क्रममा भारतबाट लुकाएर ल्याउँदै गरेको उक्त सुर्तीसहित फेला पारी ट्रक चालक कार्की र सुर्ती धनी पोदारलाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
" /> सुनसरी। इटहरी उपमहानगरपालिका-५ हलगडास्थित जनताबस्ती जाने बाटोमा भारतबाट अवैधरूपमा लुकाएर ल्याउँदै गरेको खुल्ला एक हजार २०० किलो सुर्तीसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले बा २ ख २७४१ नम्बरको ट्रक जाँच गर्ने क्रममा भारतबाट लुकाएर ल्याउँदै गरेको उक्त सुर्तीसहित फेला पारी ट्रक चालक कार्की र सुर्ती धनी पोदारलाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
">