काठमाडौं। मेडिकल शिक्षा र सेवामा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उनी २१ दिनदेखि अनसनमा छन्।
केसीको अवस्था एकदमै नाजुक भएपछि उनलाई अक्सिजन दिइएको केसीकी सहयोगी डा. तोसिमा कार्कीले जानकारी दिइन्। "अरू बेलाभन्दा असामान्य तरिकाले छाति दुख्ने र सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजनको मात्रा बढाउन कृत्रिम विधिबाट अक्सिजन दिइएको छ," उनले भनिन्, "उहाँको अहिलेको अवस्थामा पुगेका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि प्रा डा केसीले कुनै पनि उपचार लिन मान्नुभएको छैन।"
केसीले नियमित खाने गरेको मुटुको औषधि पनि छुटेको धेरै समय भइसकेकाले उनलाई हृदयघातको खतरा बढेको पनि डा. कार्कीले जानकारी दिइन्।
उनको अवस्था नाजुक भएसँगै पूर्णरूपमा सार्वजनिक भेटघाट बन्द गरिएको छ। उनलाई दिन चाहेको सन्देश लेखेर छोड्नका लागि एउटा फाइल राखिएको छ।
" /> काठमाडौं। मेडिकल शिक्षा र सेवामा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उनी २१ दिनदेखि अनसनमा छन्।केसीको अवस्था एकदमै नाजुक भएपछि उनलाई अक्सिजन दिइएको केसीकी सहयोगी डा. तोसिमा कार्कीले जानकारी दिइन्। "अरू बेलाभन्दा असामान्य तरिकाले छाति दुख्ने र सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजनको मात्रा बढाउन कृत्रिम विधिबाट अक्सिजन दिइएको छ," उनले भनिन्, "उहाँको अहिलेको अवस्थामा पुगेका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि प्रा डा केसीले कुनै पनि उपचार लिन मान्नुभएको छैन।"

">