काठमाडौं। घाँस काट्न भनेर गएकी १४ वर्षीया बालिका सञ्जाकुमारी साहको मृत्यु भएकाे घटनाको अनुसन्धानमा जुटेको रौतहट प्रहरीले अझै घटनामा संलग्नताको पहिचान गर्न सकेको छैन।
बालिका शुक्रबार बेलुकी मृत फेला परेकी हुन्।
रौतहट प्रहरीले घटनामा संलग्नताबारे सुराक मिल्ने मनसायले शंकास्पद केहीलाई भने सोधपुछ गरिरहेको जनाएको छ। तर, घटनामा संलग्नताबारे खुलिसकेको छैन।
प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले घटनामा संलग्नताबारे केही खुल्न सक्ने भन्दै केहीलाई सोधपुछ गरिएको बताए।
“हामीले सोधपुछ केहीसँग गरिरहेका छौं तर, नियन्त्रणमा लिई हिरासतमा राखी सोधपुछ गरेको भने होइनौं,” उनले देखापढीलाई भने।
एसपी शाहले बालिकाको घाँटीमा चोट देखिएको र उनको हत्या भएको अनुमान गरिएको बताए। तर, शव परीक्षण प्रतिवेदन आएपछि मात्रै बालिकाको मृत्यु के कारणले भएको भन्ने खुल्ने उनले उल्लेख गरे।
साहको शव पोस्टर्माटमपछि आफन्तले शनिबार बुझेका छन्। र, शवको अन्त्येष्टि पनि भइसकेको छ।
बालिका शुक्रबार बेलुकी जिल्लाकै वृन्दावन नगरपालिका वडा नम्बर–४ को पल्टुवास्थित उखु खेतमा मृत फेला परेकी थिइन्।
गढीमाई नगरपालिका वडा नम्बर–१ घर भएकी बालिका ४÷५ वर्षको उमेरदेखि नै पल्टुवास्थित मामाघरमा बस्दै आएकी थिइन्।
उनी शुक्रबार बिहान ९ बजेपछि घाँस काट्न भनेर घरदेखि निस्केको तर ३÷४ बजेसम्म पनि घाँस लिएर नआएपछि खोजतलास गर्ने क्रममा पल्टुवाको उखु खेतमा मृत फेला परेकी थिइन्।
" /> काठमाडौं। घाँस काट्न भनेर गएकी १४ वर्षीया बालिका सञ्जाकुमारी साहको मृत्यु भएकाे घटनाको अनुसन्धानमा जुटेको रौतहट प्रहरीले अझै घटनामा संलग्नताको पहिचान गर्न सकेको छैन।बालिका शुक्रबार बेलुकी मृत फेला परेकी हुन्।

">