हिमालय एअरलाइन्समार्फत १९ हजार नेपालीको उद्धार
<p style="text-align: justify;">काठमाडौं। कोभिड-१९ महामारीको असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका १९ हजार ४४२ नेपाली हिमालय एअरलाइन्समार्फत उद्धार गरिएको कम्पनीले जनाएको छ।</p>
<p style="text-align: justify;">एअरलाइन्सको ११८ वटा उडानमार्फत उक्त संख्यामा नेपाली फर्किएको कम्पनीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। </p>
<p style="text-align: justify;">हिमालय एअरलाइन्सको ३७ वटा कार्गो उडानमार्फत कोरोना रोकथाम तथा उपचारमा प्रयोग हुने तीन लाख २८ हजार ८२ टन स्वास्थ सामग्री ल्याइएको छ। </p>