बर्लिन। जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ।
बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम सहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी थिए।
दोस्रो विश्वयुद्ध पश्चात् शीतयुद्धका चार दशकसम्म अलग रहेका पूर्वी र पश्चिम जर्मनी सन् १९९० मा एकीकृत भएका थिए।
“हामी शीतयुद्धको अन्त्य र नयाँ युगको आरम्भका दिनहरु आज पुनः स्मरण गर्दैछौं,” स्टेनमेयरले भने, “आज हामी एउटा सर्वोत्कृष्ट र एकीकृत जर्मनीमा बाँचिरहेका छाैं।”
स्टेनमेयरले जर्मनी विगत ३० वर्षको अवधिमा पुनर्मिलन र आप्रवासनका कारण धेरै विविधतापूर्ण भएको बताए। उनले क्षेत्र र धर्मका मतभिन्नतालाई परित्याग गरेर अझ सुदृढ एकताका लागि आह्वान गरे।
कार्यक्रममा बोल्दै चान्सलर मर्केलले जर्मनीका प्रत्येक नागरिकले विशिष्ट साहस र उत्साहका साथ अघि बढ्नुपर्ने समय आएको बताए। उनले भने, “कोरोनाभाइरसको महामारी बेलामा नयाँ उत्साह चाहिएको छ, पूर्व र पश्चिम जर्मनी बीचमा रहेका कतिपय मतभेदलाई तोड्नु पर्नेछ।”
अमेरिका र तत्कालीन सोभियत संघबीच दशकौं लामो शीतयुद्धको अवधिमा जर्मनी पूर्वी (जर्मनी) र पश्चिम (जर्मनी) का रुपमा विभाजित थियो। तर सन् १९८९ नोभेम्बर ९ मा जनताले बर्लिन पर्खाल ढालेसँगै दुई जर्मनीबीच पुनर्मिलनको बाटो खुला भएको थियो।
त्यसपछि सन् १९९० अक्टोबर ३ मा जर्मन पुनर्मिलन सन्धिमा हस्ताक्षर भएको थियो। त्यसबेलादेखि, जर्मन एकता दिवसलाई देशको राष्ट्रिय विदाको रूपमा मनाइन्छ। रासस–एएनआई
" /> बर्लिन। जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनर्मिलनको उत्सव मनाएको छ।बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम सहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी थिए।

">