नवलपुर। चालु आर्थिक वर्ष २०७७/७८ को साढे दुई महीनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन्।
चारवटा गैँडा कालगतिले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका हुन्। भदौमा मरेको दुई गैँडामध्ये एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको उनले जानकारी दिए।
“यस आर्थिक वर्षमा मरेका पाँच गैँडामध्ये चारवटा गैँडा कालगतिले मरेका छन्”, रामले भने, “भदौ १६ गते मरेको गैँडाको प्रकृति र शरीरमा लागेको चोट हेर्दा त्यो गैँडा चोरी शिकारीको कारण मरेको निकुञ्जले निष्कर्ष निकालेको छ।”
१६ असोज, शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को लामीचौरमा रहेको निकुञ्जको सुरक्षा चौकीदेखि तीन किलोमिटर दक्षिणमा नारायणी नदीको बीच भङ्गालोमा गैँडा मृत अवस्थामा फेला परेको थियो।
शुक्रबार भेटिएको मृत गैँडा एक/दुई महीनाअघि मरेको हुनसक्ने अनुमान गरिएको छ। सडेको अवस्थामा भेटिएको उक्त मृत गैँडाको पनि खाग र खुर सुरक्षित छ।
त्यस्तै हिजो नारायणी नदीमा डुबेर मरेको एउटा पोथी गैँडा त्रिवेणीमा भेटिएको छ। गैँडाको पुरानो बासस्थान निकुञ्जको मुख्य क्षेत्रबाट सो गैँडालाई नारायणी नदीले बगाएर त्रिवेणी पुर्याएको हुनसक्ने अनुमान गरिएको छ।
सन् २०१५ मा गरिएको गैँडा गणनाअनुसार देशभर ६४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा थिए। पहिलो गैँडा गणनापश्चात निकुञ्ज क्षेत्रमा कालगतिका कारण धेरै गैँडा मरेका छन्।
निकुञ्जले दिएको तथ्याङ्कअनुसार आव २०७४/७५ मा २६ गैँडा मरेका छन्। त्यस्तै २०७५/७६ मा ४३, २०७६/७७ मा २६ गैँडा मरेका थिए। निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययनसमेत भइरहेको छ। रासस
" /> नवलपुर। चालु आर्थिक वर्ष २०७७/७८ को साढे दुई महीनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन्।चारवटा गैँडा कालगतिले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ।

">