काठमाडौं। पछिल्लो समय युद्धग्रस्त देशहरुमध्ये अजरबैजान र आर्मेनियाको नाम झट्ट सम्झनामा आइहाल्छ। किनकि, यी दुई देश अहिले आमनेसामने भइरहेका छन्। सयौं मानिस मरिसकेका छन्, भने घाइते हुने क्रम जारी छ।

सतहमा यी दुई देशबीच युद्ध हुनुको कारण पहाडी भूमिको अधिकारको विवाद देखिन्छ, तर अन्तर्यमा यसले ठूलो धार्मिक विवाद बोकेको छ। दक्षिण पूर्वी युरोपका यी दुवै देश ककेससको एक पहाडलाई आआफ्नो दाबी गर्दै आएका छन्। १९९४ पछि उक्त इलाका आर्मेनियाको कब्जामा रहेको छ।

त्यो पहाड भौगोलिक र रणनीतिक हिसाबले महत्वपूर्ण मानिन्छ। यही कारण पनि दुई देशको विवाद सुल्झन सकिरहेको छैन। सदियौंदेखि त्यो पहाडको वरपर बस्ने वासिन्दाले मुसलमान र इसाई धर्मलाई अघि सार्दै त्यसमा आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गर्दै आए। अहिलेको संघर्ष पनि त्यही दुई धर्मावलम्बीबीचको ताकत स्थापनाको प्रयत्नका रुपमा बुझ्न सकिन्छ।

एक्काइसौं शताब्दीमा कुनै हतियार, धर्म वा बल (शक्ति)ले युद्ध लड्न सकिँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ। शक्तिराष्ट्र अमेरिका होस् या विशाल मुलुक चीन वा भारत नै, तिनले हतियारले युद्ध लडिरहेका छैनन्। चीन, भारत, अमेरिका यस्ता देश हुन् जसले आफ्ना छिमेकी, व्यावसायिक साझेदार वा ग्राहकसँग अनेक झमेला बेहोर्दै आएका छन्।

चीन र अमेरिका व्यापार युद्धमा होमिएका छन्। भारत र पाकिस्तानबीच त देश टुक्रिए (करिब साढे सात दशक) देखि नै खटपट जारी छ। अधिकांश देशहरु नयाँ विषयमा झगडा गरिरहेका छन्। विगतमा जस्तो दुई देशबीच धार्मिक युद्ध सतहमा देखिएको छैन। अब प्रविधि, व्यापार, सामरिक महत्वलगायत विषय संघर्षका कारण बन्न थालेका छन्।

के ठोकुवा गर्न सकिन्छ भने, अबको युद्ध हतियारका बलमा जित्न मुस्किल छ। बुद्धियुद्ध अब बलियो बनेको छ। जोसँग बुद्धि छ, युद्ध त्यसैले जित्छ। ढुक्कको कुरा के मान्न सकिन्छ भने, बुद्धियुद्धमा सर्वसाधारणले मारिनुपर्ने छैन। भलै जीवनयापन कठिन हुन सक्ला!

यति हुँदाहुँदै पनि केही देशमा छिटपुट रुपमा धार्मिक युद्ध र हतियारको दम्भ प्रदर्शन भने भई नै रहेका छन्। यही छिटपुटमा पर्छ, अजरबैजान र आर्मेनियाको युद्ध।

यी दुवै देशबीच ८० को दशकको अन्त्यदेखि ९० को मध्यसम्म युद्ध भयो। युद्धका क्रममा ३० हजारभन्दा बढी मानिस मरे भने १० लाखजति विस्थापित हुन बाध्य भए। तिनले १९९४ मा युद्धविराम घोषणा पनि गरे, तर त्यसको राम्ररी पालना गरेनन्।

दुवै देशले आफ्नो अधिकारको दाबी गरेको इलाका किन महत्वपूर्ण छ भने, सोही क्षेत्र भएर कच्चा तेल र ग्यासको पाइपलाइन जोडिएको छ। पाइपलाइन जोडिएको क्षेत्र महत्वपूर्ण हुने नै भयो।

यी मुलुकमा विवादको जरा १९८० मा सोभियत संघ विघटन सुरु भएपछि गाडिएको हो। नागोर्नो–काराबाखलाई सोभियत अधिकारीहरुले अजरबैजानलाई सुम्पिएका थिए। त्यसमा आर्मेनियाले विमति जनायो। लामो समयदेखि उनीहरु त्यस क्षेत्र आफूलाई दिनुपर्ने माग गर्दै आएका छन्। यही मुद्दालाई लिएर त्यहाँ जातीय र धार्मिक संघर्ष हुन थालेको हो।

१९२० मा जब सोभियत संघ गठन भयो, तब यी दुवै देश सोही अन्तर्गत थिए। संघ विघटन जसरी सुरु भयो, त्यसैगरी यी दुवै देश अलग हुन पुगे।

सतहमा देखिँदा दुई देशको विवाद महत्वपूर्ण पाइपलाइन क्षेत्रलाई आफ्नो पार्ने विषयमा रहेको देखिन्छ। तर भित्रभित्रै धार्मिक तथा जातीय घाउ पाकिरहेको छ। यो भुसको आगोझैं भित्रभित्रै फैलिरहेको छ।

यस्ता मुद्दामा संयुक्त राष्ट्र संघजस्ता विश्व संस्थाको अग्रसरता आवश्यक पर्छ। दोस्रो विश्वयुद्ध होस् या अन्य ठूला संघर्ष तिनले विश्वसनीय विश्व संस्था जन्माएको देखिन्छ। संसारमा अहिले पनि केही स्थानमा जातीय, धार्मिक र विभेदविरुद्धका आन्तरिक तथा बाह्य देशसँग लडाइँ जारी छन्, तिनमा विश्वसनीय विश्वसंस्थाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नु अत्यावश्यक छ। (बीबीसीको सहयोगमा)

" /> काठमाडौं। पछिल्लो समय युद्धग्रस्त देशहरुमध्ये अजरबैजान र आर्मेनियाको नाम झट्ट सम्झनामा आइहाल्छ। किनकि, यी दुई देश अहिले आमनेसामने भइरहेका छन्। सयौं मानिस मरिसकेका छन्, भने घाइते हुने क्रम जारी छ।

"> अजरबैजान र आर्मेनियामा सल्किएको भुसको आगो: Dekhapadhi
तस्वीरः अर्मेनियन रक्षा मन्त्रालय।
अजरबैजान र आर्मेनियामा सल्किएको भुसको आगो

प्रतिक्रिया दिनुहोस्