पर्वत। यस वर्षको मनसुन सुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन्।
जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए।
मनसुन सुरु हुनेबित्तिकै पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा ९ जनाको ज्यान गएको थियो।
जेठ ३१ राति पहिरोले घर पुरिँदा ९ जनाको ज्यान गएको थियो।
पहिरोले तीन घरमा प्रत्यक्ष असर गरेकामा कमला विक र तुलबहादुरको घरपरिवारका सबैको ज्यान गएको थियो।
त्यस्तै भदौ २९ गते फलेवास नगरपालिका-४, मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको ज्यान गएको छ।
घरमाथिबाट आएको पहिरोले मुडिकुबाका इन्द्रजित विकको घर पुरिँदा उनकी तीन वर्षीया नातिनी ऋतिका विकको मृत्यु भएको थियो।
पहिरोमा परी ऋतिकाकी आमा सेती विक र अन्य दुईजना सामान्य घाइते भएका थिए।
पहिरोमा परी जिल्लाभर झण्डै २५ घर पूर्णरूपमा विस्थापित बनेका छन् भने १०० भन्दा बढी घर जोखिममा परेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
" /> पर्वत। यस वर्षको मनसुन सुरु भएयता पर्वतमा बाढीपहिरोबाट १० जनाले ज्यान गुमाएका छन्।जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट १० जनाको ज्यान गएको र तीन घाइते भएका थिए।

">