ललितपुरको ठैव हरिसिद्धी सडक आज पनि अवरुद्ध

काठमाडौं। ललितपुरको ठैव हरिसिद्धी सडक आज पनि अवरुद्ध भएको छ।

ढल तथा नालाको लागि सडकमा पाइप बिछ्याउने काम भइरहेकोले उक्त स्थान हुँदै चल्ने सवारीसाधन चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।

सडक अवरुद्ध हुँदा गोदावरीबाट आउने सवारीसाधनलाई टौखेल बाँडेगाउ हुँदै आउने व्यवस्था मिलाइएको छ।

यस्तै, सातदोबाटोबाट जाने सवारीसाधनलाई धापाखेलमोड, हात्तीवन, सेतीपाखा र क्यान्सर अस्पतालको भित्री बाटो हुँदै जाने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

लगनखेलबाट जाने सवारीसाधन भने सुनाकोठी, टौखेल हुँदै सञ्‍चालन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्