कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका-२ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको सो रकम बरामद गरिएको सशस्त्र प्रहरी इन्सपेक्टर कार्कीले जानकारी दिए।
बरामद गरिएको रकममा ५०० दरका ४०० थान र दुई हजारको नोट १०० थान गरी भारु चार लाख छ।
गुप्तालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी छ। रासस
" /> कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एकजनालाई पक्राउ गरेको छ।नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका-२ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको हो।

">