काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७, निकोसेरामा श्रीमती र छोराको हत्यापछि श्रीमानले आत्महत्या गरेको घटना ‘मुल्तबी’ मा छ।
मुद्दाको अनुसन्धान प्रक्रिया स्थगन गर्नुलाई कानुनी भाषामा मुल्तबी भन्ने गरिन्छ। घटनासँग सम्बन्धित नयाँ तथ्य वा प्रमाण फेला परेको अवस्थामा मुद्दालाई ब्युँताइन्छ। र, मुद्दाको अनुसन्धानलाई अगाडि बढाइने गरिन्छ।
प्रहरीले भदौको २६ गते सार्वजनिक भएको निकोसेरा हत्याकाण्डमा ३६ वर्षीय सुदीप अधिकारीको संलग्नता रहेको निष्कर्ष निकालेको छ। उनले ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको हत्या गरेको दाबी भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाको छ।
तर, सुदीपको पनि मृत्यु भइसकेको छ। घटनापछि सम्झनाको माइती पक्षले महानगरीय प्रहरी वृत्त थिमीमा सुदीपविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर त ग¥यो। सुदीप भने जीवित नभएकाले मुद्दा प्रतिवादीविहीन बन्न पुगेको छ।
यदि सुदीप जीवित भइदिएको भए मुद्दाको प्रतिवादी हुन्थे। र, अदालतबाट दोषी ठहरिएको अवस्थामा कानुन बमोजिम सजाय भोग्न बाध्य हुन्थे।
जसले सम्झनाका माइती पक्षलाई न्यायको अनुभूति हुन्थ्यो। अवस्था भने त्यस्तो हुने देखिँदैन।
किनभने अपराधीसँगै अपराध पनि मर्छ भन्ने अपराधशास्त्रको सर्वव्यापी मान्यता छ। यो घटनामा आरोपित सुदीपसँगै अपराध मरेको भन्ने मत अपराधशास्त्रीहरूको छ।
तैपनि सुदीपबाहेक अरू कसैको संलग्नता छ कि भनेर प्रहरीले मुद्दालाई ‘मुल्तबी’ मा राखेको हो।
यस्तै गत वर्षको माघ २७ गते ललितपुरको सानेपामा भएको मुना कार्कीको हत्यामा प्रहरीले कामदार विजय चौधरीलाई आरोपित करार गरेको छ। मुनाको हत्या भएकै दिन उनको शव फेला परेको थियो।
प्रहरीले मुनाको हत्यापछि विजयले आत्महत्या गरेको निष्कर्ष सीसीटीभी क्यामेरामा कैद फुटेज र दुवैजनाको शव पोस्टमार्टम रिपोर्टको आधारमा निकालेको छ।

मृतक मुनाका पति तथा पूर्वसचिव अर्जुन कार्कीले विजयविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्। तर, विजयको मृत्यु भइसकेकाले अर्जुन र उनका परिवारले न्याय पाउने स्थिति छैन।
यो मुद्दा पनि हाल मुल्तबीमा छ। घटना भएको मितिदेखि २० वर्षसम्म प्रहरीले मुद्दालाई मुल्तबीमा राख्न पाउने कानुनी प्रावधान छ।
यसैबीच पाँचथरको मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर–२ आरूबोटेमा दुई घरमा ९ जनाको हत्या भएको घटनाको स्थिति पनि उस्तै छ।
हत्याकाण्ड भएकै भोलिपल्ट घटनाका आरोपी मानबहादुर माखिमको बिहान मृत्यु भयो।
जुन घटनामा मानबहादुरका ससुरा ७५ वर्षीय बमबहादुर फियाक, सासु ७५ वर्षीया पुर्सिमायाँ फियाक, साडुु दाइ ४१ वर्षीय धनराज शेर्मा, जेठी सासु ३६ वर्षीया जस्मिता फियाक शेर्मा, श्रीमती २६ वर्षीया मनकुमारी फियाक माखिम मारिएका थिए।
त्यस्तै साडु दाइ र जेठी सासुकी छोरीहरू १२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा, ८ वर्षीया इक्सा शेर्मा र १० वर्षीया आशिकाकुमारी खजुम पनि मारिएका थिए। घटना गत वर्षको जेठ ८ गते रातिको हो।
यति ठूलो जघन्य प्रकृतिको अपराध हुँदा पनि मृतकका आफन्तहरूले आरोपितकै मृत्यु भएको हुँदा न्याय पाउने अवस्था छैन।
फौजदारी कानुनका जानकार अधिवक्ता डा. कुन्साङ योञ्जन अपराधशास्त्रले अपराधमा संलग्न भनिएकाकै मृत्यु भएको अवस्थामा अपराधको दायित्व बाँकी नरहने मान्यता राख्ने बताउँछन्।
उनका अनुसार आरोपित बाहेकको संलग्नताबारे शंका लागेमा वस्तुवादी ढङ्गले अनुसन्धानको लागि अनुसन्धान फाइल भने खुल्लै राखिनुपर्छ।
जे भए पनि यी तीन घटनाको आरोपितहरूको मृत्यु भइसकेको छ। यससँगै मृतक परिवारले परिवारका सदस्य त गुमाए नै, न्याय पाउने अवस्था पनि गुमाएका छन्।
" /> काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७, निकोसेरामा श्रीमती र छोराको हत्यापछि श्रीमानले आत्महत्या गरेको घटना ‘मुल्तबी’ मा छ।मुद्दाको अनुसन्धान प्रक्रिया स्थगन गर्नुलाई कानुनी भाषामा मुल्तबी भन्ने गरिन्छ। घटनासँग सम्बन्धित नयाँ तथ्य वा प्रमाण फेला परेको अवस्थामा मुद्दालाई ब्युँताइन्छ। र, मुद्दाको अनुसन्धानलाई अगाडि बढाइने गरिन्छ।

">