पर्सा। अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी वीरगञ्ज महानगरपालिका–२९ बस्ने ४० वर्षीय रामबाबु महतो पक्राउ परेका छन्।
जिल्ला अदालत पर्साले २०७३ माघ १३ गते उनलाई अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्ष कैद र ६० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा बिहीबार फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले आज जनाएको छ।