बाँके। राप्ती सोनारी गाउँपालिका–६ स्थित नाग्राफल झरनानजिकैको तलाउमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ बस्ने १६ वर्षीय शिव शंकर सुक्ला र सोही ठाउँ बस्ने १५ वर्षीय विनोद बर्मा रहेका छन्।
डुबेर अशक्त भएका दुवै जनाको भेरी अस्पताल नेपालगजमा उपचारको क्रममा मृत्यु भएको हो। उनीहरूसँगै शुक्रबार पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका सोही ठाउँ बस्ने १६ वर्षीय रोहित बर्माको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
" /> बाँके। राप्ती सोनारी गाउँपालिका–६ स्थित नाग्राफल झरनानजिकैको तलाउमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ बस्ने १६ वर्षीय शिव शंकर सुक्ला र सोही ठाउँ बस्ने १५ वर्षीय विनोद बर्मा रहेका छन्।

">