संविधान दिवसको अवसरमा संसारकै अग्लो भवनमा नेपाली झण्डा फहराइँदै
हजारौँ नेपालीको उपस्थितिमा यूएई सरकारले संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराउँदै छ।

नेपालको पाँचाैं संविधान दिवस एवम् राष्ट्रिय दिवसको अवसर पारेर यूएई सरकारले बुर्ज खालिफामा नेपाली झण्डा फहराउन लागेको यूएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले देखापढीलाई जानकारी दिए।

यूएईको स्थानीय समय अनुसार आज राति ९:१० बजे (नेपाली समय अनुसार १०:५५ बजे) झण्डा फहराउन थालिएको हो ।

देखापढीसँग संक्षिप्त कुरा गर्दै राजदूत ढकालले नेपाल र नेपालीका लागि गैरवको क्षण भएको बताए ।

उनले भने, ‘‘अहिले दुबईस्थित बुर्ज खालिफा भवनअघि हजारौँ नेपाली उपस्थित भएका छन् । नेपालको संविधान दिवसको अवसर पारेर यूएई सरकारले नेपाल र नेपालीलाई दिएको यो ठूलो सम्मान हो ।’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्