काठमाडौँ। अनसनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा विरोध प्रर्दशन गरिएको छ।
विभिन्न अधिकारीकर्मीहरूले गोविन्द केसीको जीवनरक्षा तथा उनको माग सम्बोधनका लागि जनदबाब सिर्जना गर्न उक्त प्रदर्शन गरेका हुन्।
चिकित्सा शिक्षा सुधारसहित विभिन्न माग राख्दै केसी २० दिनदेखि आमरण अनसनमा बसेका छन्। त्रिवि शिक्षण अस्पतालमा असनसमा बसेका उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। उनका माग पुरा गरेर जीवन रक्षा गर्न भन्दै प्रदर्शनकारीले सरकारमाथि दबाब सिर्जना गरेका हुन्।
प्रदर्शनमा केसीको माग सम्बोधन गर्नुपर्नेसहित कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्ननियुक्ति गर्नुपर्ने तथा बलात्कारीलाई मृत्युदण्डको माग गरेका हुन्।
.jpg)
प्रदर्शनको क्रममा अभियन्ता ज्ञानेन्द्र शाहीले वर्तमान सरकार केसीसँग डराएको आरोप लगाएका छन्। उनले राम्रो काम गर्नेलाई कारवाही गरे आफ्नो मान्छेलाई मात्र विभिन्न पदमा नियुक्त गरिरहेको भन्दै उनले भने, “युवराज खतिवडा सधैँ जे पदमा पनि योग्य हुने, कुलमान पुर्ननियुक्तका लागि किन अयोग्य हुने?”