एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई मेरिल्यान्ड राज्यको वाल्टर रिड मेडिकल सेन्टर सैन्य अस्पतालमा लगिएको छ।
आफूलाई कोरोना लागेको राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत् जानकारी दिएका थिए। ह्वाइट हाउसका डाक्टर सिन पी कोन्लीले उनी ‘थकित’ भएको जनाउँदै अनुसन्धानकै क्रममा रहेको रेग्न-कोभ२ नामक औषधी दिएको बताएका छन्। केहीअघि उनलाई हल्का ज्वरो पनि आएको जनाइएको छ।
Tonight, @FLOTUS and I tested positive for COVID-19. We will begin our quarantine and recovery process immediately. We will get through this TOGETHER!
— Donald J. Trump (@realDonaldTrump) October 2, 2020
उनको चुनावी अभियानका प्रबन्धक बिल स्टेपिन पनि कोरोना सङ्क्रमित भएको जनाइएको छ। उनलाई हल्का रुघाखोकीको लक्षण देखिएको छ। स्टेपिन मङ्गलबार पहिलो राष्ट्रपतीय छलफलमा ट्रम्पसँग उपस्थित थिए।
यसअघि ट्रम्पका पूर्व सल्लाहकार केल्यान कन्वेको पनि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो।
यस घटनासँगै अब ट्रम्पको आगामी महिनाको चुनावी अभियानमा पनि असर पर्ने भएको छ। केही समयका लागि उनी आफै चुनावी अभियानमा जान नसक्ने र चुनावी अभियान प्रबन्धकसमेत सङ्क्रमित भएपछि उनको आगामी चुनावी गतिविधिबारे अन्योल भएको हो।