काठमाडौं । “दिनमै ७० लिटर दूध दुन्थें, बजारमा १०० रूपैयाँ लिटर छ तर, रातिको पहिरोले पुरिएर ६ वटा गाई मरे र १५ लाख रूपैयाँको क्षति भयो।”
यो कूलप्रसाद चौंलागाई दुःखेसो हो। ४३ वर्षीय उनी गाईपालक किसान हुन्। तर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित सिमडोलमा रहेको उनको गोठ गएराति पहिरोले पुरियो। गोठमात्रै पुरिएन, गोठमा रहेका ६ वटा गाई पनि पुरिए।
गाईपालनबाटै चार जनाको परिवार धान्दै आएका उनको जीवनमा यो ठूलो बज्रपात हो। उनी तनावमा छन्।
“हामी चार जनाको परिवार धान्ने यी नै गाई थिए,” मरेका गाईहरू देखाउँदै उनले देखापढीसँग भने, “हाम्रा बुबा र बाजेले गाई नै पाल्नुहुन्थ्यो, यहाँ (काठमाडौं) आएर पाल्न थालेको चार वर्ष भएको थियो तर, आज विपत्तिले सपना चकानाचुर बनायो।”
शनिबार बिहानैदेखि नेपाली सेना र सशस्त्र प्रहरी मरेका गाईहरू निकाल्न व्यस्त छन्। पुरिएका गोठभित्रबाट मरेका गाई निकाल्न उनीहरूलाई मुस्किल छ।
तैपनि, केही गाई निकालिएका छन्। आफूले स्याहारेको र दूध दिने दुधालु गाईहरू मरेको अवस्थामा निकालिँदा उनलाई पर्नु पीर परेको छ।
बिहान साढे चार बजेतिर उठेर खोले दिनु अनि दूध दुएर घाँस दिनु उनको दैनिकी थियो। पालिएका आठ वटा गाई उनी कतैदेखि आउँदा कराउँथे। अब, उनीसँग मात्रै दुईवटा गाई छन्।
ती दुईवटा गाईलाई पनि प्रहरी, स्थानीयवासी, जनप्रतिनिधि लगायतको सहयोगमा पहिरोले पुरिएको गोठबाट उद्धार गरिएको हो।
कूलप्रसादका अनुसार पहिरो राति सवा ९ बजेतिर गएको थियो।

पहिरोले गाईसँगै पुरिदियो कूलप्रसादको सपना: Dekhapadhi
पहिरोले कूलप्रसाद चौलागाईको गोठ पुरिँदा ६ वटा दुहुनो गाई मरे।
गाईपालनबाटै उनले चार जनाको परिवार धान्दै आएका थिए।
पहिरोबाट १५ लाख रूपैयाँको क्षति पुगेको कूलप्रसादको भनाइ।
पहिरोले गाईसँगै पुरिदियो कूलप्रसादको सपना