काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाकाे १० नम्बर वडाले ज्येष्ठ नागरिक ज्ञान केन्द्र स्थापना गर्ने भएकाे छ। ज्येष्ठ नागरिकका ज्ञान, सीप र विज्ञतालाई संकलन गरी अध्ययन अनुसन्धान गराउने उद्देश्यसहित ज्ञान केन्द्र स्थापना गर्न लागिएकाे वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।
"निकट भविष्यमा स्थापना हुने ज्येष्ठ नागरिक ज्ञान केन्द्रमा प्रत्येक ज्येष्ठ नागरिकको ज्ञान, सीप र विज्ञतालाई भण्डारण गर्ने र त्यसलाई विद्यार्थीले खोज तथा अनुसन्धान गर्न सक्ने रिसर्च सेन्टरको रुपमा विकास गर्ने लक्ष्य रहेकाे छ," अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयाेजित कार्यक्रममा अध्यक्ष भट्टराईले भने।
ज्येष्ठ नागरिकको योग्यता, क्षमता अनुसारको काम गर्ने वातावरण बनाउने खालका आयाेजना बनाई कार्यान्वयन गरिने उनले बताए। ज्येष्ठ नागरिकको हेरचाह गर्ने 'डे केयर सेन्टर' व्यवस्था गर्ने याेजनासमेत रहेकाे उनले जानकारी दिए।
"ज्येष्ठ नागरिकको हेरचाह गर्ने तालिम प्रदान गरी त्यस्ता जनशक्तिलाई घर-घरमा सेवा प्रदान गर्न परिचालन गरिने छ," अध्यक्ष भट्टराईले भने, "परियोजनाको भवन तथा अन्य पूर्वाधार बनाउने योजना वडाले अगाडि बढाएकाे छ।"
वडाले आयाेजना गरेकाे 'महामारी अन्त्य: ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो दायित्व' नामक एक कार्यक्रममा कोरोना भाइरसकाे महामारीबाट जोगाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा उनले जाेड दिएका थिए।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकै अवसर पारेर वडाभित्र बसाेबास गर्ने ७० वर्षभन्दा माथि उमेरका करिब ३१८ जना वृद्धवृद्धालाई नि:शुल्क च्यावनप्रास वितरण गरिएकाे अध्यक्ष भट्टराईले जानकारी दिए।
" /> काठमाडाैं। बूढानीलकण्ठ नगरपालिकाकाे १० नम्बर वडाले ज्येष्ठ नागरिक ज्ञान केन्द्र स्थापना गर्ने भएकाे छ। ज्येष्ठ नागरिकका ज्ञान, सीप र विज्ञतालाई संकलन गरी अध्ययन अनुसन्धान गराउने उद्देश्यसहित ज्ञान केन्द्र स्थापना गर्न लागिएकाे वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।"निकट भविष्यमा स्थापना हुने ज्येष्ठ नागरिक ज्ञान केन्द्रमा प्रत्येक ज्येष्ठ नागरिकको ज्ञान, सीप र विज्ञतालाई भण्डारण गर्ने र त्यसलाई विद्यार्थीले खोज तथा अनुसन्धान गर्न सक्ने रिसर्च सेन्टरको रुपमा विकास गर्ने लक्ष्य रहेकाे छ," अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयाेजित कार्यक्रममा अध्यक्ष भट्टराईले भने।

">