काठमाडौं। रौतहटमा १४ वर्षीया बालिकाको हत्या भएको अवस्थामा शव फेला परेकाे छ।
गढीमाई नगरपालिका-१ की सञ्जाकुमारी साहकाे शव शुक्रबार बेलुकी उखुखेतमा फेला परेकाे हाे।
घटनाको अनुसन्धानको लागि प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको छ।
जनकपुरबाट तालिम प्राप्त कुकुरलाई झिकाएर बालिकाको शव सुँघाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए।
“ट्रयाकर डगलाई शव सुँघाइएको छ, यो चाहिँ घटनामा संलग्नलाई चाँडै नियन्त्रणमा लिन सकियोस् भनेर हो”, उनले देखापढीसँग भने, “अहिले घटनास्थलमै छु, घटनाको गम्भीरताका साथ अनुसन्धान गरिरहेका छौं।”
कपडाले छोपिएको अवस्थामा वृन्दावन नगरपालिका वडा नम्बर-४ पल्टुवाको उखु खेतमा शव फेला परेको एसपी शाहले बताए।
घाँटीमा चोट देखिएकाले हत्या भएको उनको दाबी छ।
बालिका शुक्रबार बिहान १० बजेसम्म पल्टुवास्थित मामाघरमै रहेको खुलेको छ। त्यसपछि बेपत्ता उनी बेलुकी ४ बजेतिर मृत फेला परेकी थिइन्।
घटनाबारे थाहा पाएपछि घटनास्थलमा साँझ मात्रै प्रहरी पुगेको थियो। रात परेपछि प्रहरीको अनुसन्धान कार्य प्रभावित भएको थियो।
शनिबार बिहानैदेखि प्रहरीले अनुसन्धान थालेको छ। ती बालिका ४/५ वर्षदेखि नै मामाघरमा बस्दै आएको पाइएको एसपी शाहले बताए।
" /> काठमाडौं। रौतहटमा १४ वर्षीया बालिकाको हत्या भएको अवस्थामा शव फेला परेकाे छ।गढीमाई नगरपालिका-१ की सञ्जाकुमारी साहकाे शव शुक्रबार बेलुकी उखुखेतमा फेला परेकाे हाे।

">