काठमाडौं। साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गाे सपना सार्वजनिक गरिएको छ।
संघीय राजधानी काठमाडाैंमा शुक्रबार एक कार्यक्रमबीच शिक्षा मन्त्रालयका सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र वाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृति सार्वजनिक गरे।
जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गाे सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ।
सार्वजनिक कृतिका विषयमा बोल्दै कार्यक्रमका सचिव मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गरे। जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उनले चर्चा गरे।
यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुती रहेको उल्लेख गरे। वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गरेका थिए। कृतिकार श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्नाे भनाइ राखेका थिए।
" /> काठमाडौं। साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गाे सपना सार्वजनिक गरिएको छ।संघीय राजधानी काठमाडाैंमा शुक्रबार एक कार्यक्रमबीच शिक्षा मन्त्रालयका सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र वाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृति सार्वजनिक गरे।

">