काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा एक टोलीले आज पोखराको बेगनास तालदेखि रामबजार, भोर्लेटार हुँदै गिलुङ टक्सार पुग्ने सडक निर्माणको अवलोकन गरेका छन्।
मुख्यमन्त्री गुरुङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् केहीअघि यस्तो बताएका हुन्।
पछिल्लो समय बाढीपहिरोका कारण सडकका थुप्रै खण्ड अप्ठेरो भएका र पहिलो पन्छाउने काम सुरु भई सडक छिटै सम्पन्न हुने उनले बताएका छन्। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत निर्माणाधीन सडकको स्थलगत अवलोकन गरिएको उनले जनाएका छन्।
अवलोकनमा उनीसँगै भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र सचिव रामकृष्ण श्रेष्ठ पनि सहभागी भएको उनले जनाएका छन्।
पोखराको बेगनास तालदेखि रामबजार, भोर्लेटार हुँदै गिलुङ टक्सार पुग्ने सडक निर्माणको अवलोकनमा हामी, मुख्यमन्त्री, भौतिक...
Posted by Prithvi Subba Gurung on Friday, 2 October 2020