काठमाडौं। बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरस्थित तालमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका दुई किशोरको मृत्यु भएको छ।
साथीहरुको समूह बनाएर फत्तेपुर पुगेका उनीहरु झरना हेरिसकेपछि नजिकैको तालमा पौडी खेल्ने क्रममा दुईजना डुबेका थिए।
उनीहरुलाई उद्धार गरेर उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए।
मृत्यु भएकामा नेपालगञ्ज उपमहानगरपालिका-९ बाँकेगाउँका १६ वर्षीय शिवशंकर शुक्ला र १४ वर्षीय बिनोद बर्मा रहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरस्थित तालमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका दुई किशोरको मृत्यु भएको छ।साथीहरुको समूह बनाएर फत्तेपुर पुगेका उनीहरु झरना हेरिसकेपछि नजिकैको तालमा पौडी खेल्ने क्रममा दुईजना डुबेका थिए।

">