काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन दिनभित्र सम्पूर्ण शिक्षकहरूलाई सम्बन्धित विद्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। सरकारले असोज १ गतेदेखि सञ्चालन गरिरहेको विद्यार्थी सिकाइ सहजीकरणका लागि तीन दिनभित्र विद्यालयमा हाजिर हुन निर्देशन दिएको हो।
केन्द्रले आज एक सूचना जारी गर्दै असोज १ गतेदेखिको एक हप्ताभित्र सम्बन्धित विद्यालयमा पुग्न नसकेका शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।
अहिले देशभरका विद्यालयमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार पठनपाठन भइरहेको छ। त्यसका लागि विद्यालयमा भौतिक उपस्थिति भन्दा पनि वैकल्पिक माध्यमबाट पठनपाठन भइरहेको छ। कुनै–कुनै स्थानीय तहले निर्णय गरेर भौतिक उपस्थितिमै पठनपाठन गराउँदै आएका छन्। त्यसमा भने स्थानीय प्रशासनले नै रोक लगाउँदै आएको छ।
सिकाइ सहजीकरण निर्देशिकाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना जारी गरेको थियो। यसमा असोज पहिलो साताभित्र सम्पूर्ण शिक्षकहरू सम्बन्धित विद्यालयमा हाजिर भइसक्नुपर्ने भन्ने उल्लेख गरिएको थियो।
सोही कार्ययोजना अनुसार विद्यालयमा पुग्न नसकेका शिक्षकहरूको तीन दिनभित्र विद्यालयमा हाजिर हुन निर्देशन दिइएको केन्द्रको शिक्षक व्यवस्थापन शाखाकी शाखा अधिकृत भुवनेश्वरी जोशीले जानकारी दिइन्।
त्यसका लागि स्थानीय तहलाई सहयोग गरिदिनसमेत अनुरोध गरिएको छ।