उनीहरूले पार्किङमा राखिएका गाडी र ट्याक्सीमा तोडफोड गरी सिसा फुटाएका थिए। 
  • उनीहरूले एक महिलालाई विभिन्न अपशब्द प्रयोग गर्दै हातपात गरी घाइते बनाएका छन्।
  • ">
    नैकापमा सवारी तोडफोड र महिलालाई हातपात गर्ने चार युवा पक्राउ <p>काठमाडौँ। चन्द्रागिरी नगरपालिका&ndash;१४ नैकाप बाईछापस्थित सडकको किनारामा पार्किङ गरी राखेका सवारी साधनमा तोडफोड तथा एक जना महिलालाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>शुक्रबार नेपाल प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार गए राति पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका&ndash;१४ नैकाप बस्ने सुनसरी घर भएका २६ वर्षीय जसराज लिम्बु, सिन्धुली मनबा घर भएका १८ वर्षीय किशोर, धादिङ निलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय प्रवीण झेडी र काठमाडौं चन्द्रागिरी नगरपालिका&ndash;१४ नैकाप बस्ने १९ वर्षीय सबिन चापागाईँ रहेका छन्।</p> <p>उनीहरूले एक महिलालाई विभिन्न अपशब्द प्रयोग गर्दै हातपात गरी घाइते बनाउनुका साथै पार्किङ गरी राखेका बा ८ च ५२६८, प्रदेश ३&ndash;०१&ndash;०२२ च ०८४३ नम्बरको गाडी र बा २ ज १९६५ नम्बरको ट्याक्सीमा समेत तोडफोड गरेका थिए।&nbsp;</p> <p>उनीहरूले हातपात र तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। तोडफोडका कारण ३ वटै सवारी साधनका सिसा फुटेर क्षति भएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त वृत्तले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्