काठमाडौँ। नुहाउने क्रममा खोलाले बगाउँदा बाजुरामा पाँच जना बेपत्ता भएका छन्। हिमाली गाउँपालिका-५ को कवाडी खोलामा नुहाउने क्रममा ३० वर्षीया सत्ता नेपाली, ५ वर्षीया आरती, ४ वर्षीया सन्तोषी र एक वर्षीया किस्मती नेपाली तथा २ वर्षीय सम्मान नेपाली रहेका छन्।
उनीहरू सबै एकै परिवारका हुन्। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले स्थानीयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो छोराछोरीसमेत खोलामा नुहाउन गएका बेला बगेर बेपत्ता भएको बताएका छन्। बेपत्ताको प्रहरी र स्थानीयले खोजी जारी राखेको प्रवक्ता सिंहले बताएका छन्।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले उनीहरू दिउँसो २:४५ बजेतिर खोलामा नुहाउने क्रममा बेपत्ता भएको खबर आएको बताएका छन्।
बेपत्ता भएकाहरूको खोजीमा उक्त खोलादेखि करिब डेढ सय मिटरको दूरीमा रहेको कवाडी प्रहरी चौकीका असई कर्ण बुढा नेतृत्वको टोली खटिएको छ।
जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी निरीक्षक योगेन्द्र ठगुन्ना नेतृत्वको टोली पनि घटनास्थलतर्फ खटिएका छन्। तर, सदरमुकामदेखि घटनास्थल टाढा रहेकोले टोली भोलि बिहान १० बजेतिर मात्रै पुग्न सक्ने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए।
बेपत्ता भनिएको स्थलदेखि नजिकै कर्णाली नदी छ। खोलाले बगाएर त्यता पुर्याएको हुन सक्ने अनुमान गरिएको छ।
" /> काठमाडौँ। नुहाउने क्रममा खोलाले बगाउँदा बाजुरामा पाँच जना बेपत्ता भएका छन्। हिमाली गाउँपालिका-५ को कवाडी खोलामा नुहाउने क्रममा ३० वर्षीया सत्ता नेपाली, ५ वर्षीया आरती, ४ वर्षीया सन्तोषी र एक वर्षीया किस्मती नेपाली तथा २ वर्षीय सम्मान नेपाली रहेका छन्।उनीहरू सबै एकै परिवारका हुन्। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले स्थानीयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो छोराछोरीसमेत खोलामा नुहाउन गएका बेला बगेर बेपत्ता भएको बताएका छन्। बेपत्ताको प्रहरी र स्थानीयले खोजी जारी राखेको प्रवक्ता सिंहले बताएका छन्।

">